Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – जंगलको सुनको रुपमा परिचित सुन्तलाको सिजन लगभग उत्तरार्धमा छ । यो वर्ष स्याङजाबाट मात्रै २२ हजार २ सय ७५ टन सुन्तला उत्पादन भएको छ । एकै वर्ष १ अर्व ५५ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यसमध्ये १ अर्व १ करोडको सुन्तला बिक्री भइसकेको छ । बाँकी सुन्तला चिस्यान केन्द्रमा राखिएकोमा कुहिएर फाल्नुपरेको गुनासो किसानले गरेका छन् । पुतलीबजार ११ मा रहेको कोल्ड स्टोरमा १२ हजार टन क्षमता भएकोमा १ सय २६ टन सुन्तला राखेका थिए । ६४ टन सुन्तला कुहिएर फालिएको छ ।

फेदीखोलाको कोल्ड रुममा १० टन राखेकोमा ६ टन बिग्रिएको छ । कृषि उपज केन्द्रमा राखिएको ५ टनमध्ये २ टन विग्रिएको छ । जिल्लाभरिबाट २ सय ९३ टन सुन्तला विग्रिएर नष्ट भएको प्रदेश सांसद सुधिर पौडेलले जानकारी दिए ।

स्याङजामा ३ वटा कोल्ड स्टोर र ७ वटा कोल्ड रुम छन् । १ हजार ९ सय ५० हेक्टरमा सुन्तला खेती हुन्छ । यो वर्ष १ हजार ३ सय ५० हेक्टरमा मात्रै सुन्तला खेती भएको थियो । १ कोल्ड स्टोर र ३ कोल्ड रुममा सुन्तला राखिएको थियो ।

४३ लाख २० हजार रुपैयाँ किसानलाई क्षति भएको उनले सुनाए । ‘सुन्तलाको क्षतिपुर्ति कहाँबाट हुन्छ ? यसको क्षतिपुर्तिका लागि गण्डकी सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भने, ‘किसानको उद्धार सरकारले गरोस् ।’ किसानलाई कृषिमा आकर्षित गर्नका लागि क्षति न्यूनिकरणको योजना ल्याउन उनको आग्रह छ ।

तपाईको प्रतिक्रिया