Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – डेंगुको प्रकोप पहाडी जिल्लामा घट्दै गएको छ । तराईका जिल्लामा भने प्रकोप बढ्दै गएको जनस्वास्थ्य विज्ञहरुको भनाइ छ । पहाडी र हिमाली जिल्लामा क्रमशः डेंगु संक्रमित घट्दै गए पनि तराईका जिल्लामा प्रकोप बढ्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख बाबुराम मरासिनी बताउँछन् ।

डेंगु ‘पोष्ट मनसुन’ डिजिज हो तर, असार–साउनको तुलनामा भदौ–असोजमा पानी धेरै परेकाले डेंगुको संक्रमण अब तीव्र गतिमा बढ्ने उनको अनुमान छ । काठमाडौं उपत्यकासहित देशभर पानी पर्ने, रोकिने र फेरि पानी पर्ने गरिरहेकाले डेंगु संक्रमित बढ्ने उनी बताउँछन् ।
डेंगुको प्रकोप करीब डेढ महिनासम्म रहिरहने इडीसीडीले जनाएको छ । जबसम्म तापक्रम १५ डिग्री सेल्सियससम्म पुग्दैन, तबसम्म निरन्तर डेंगुको केस देखिने डा. मरासिनी सुनाउँछन् । उनी भन्छन्, ‘डेंगुका बिरामी लगातार वर्षभरि नै देखिने आधारहरु सिर्जना भएको छ ।’

सरकारले जाडो मौसम सुरु भएपछि केस घट्ने भन्दै डेंगु सार्ने लामखुट्टेको लार्भालाई नष्ट गर्ने तथा जनचेतनामुलक अभियान सञ्चालनमा चुक्दा साउन महिना यता ४४ जनाको ज्यान गएको छ । जाडो सुरु भएपछि संक्रमण हट्ने बुझाइका कारण तराईमा संक्रमितको दर बढ्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।
२०७६ सालमा डेंगुले प्रकोपको रुप लिएको थियो । २०७६ सालमा १७ हजार ९ सय ९२ जना संक्रमित हुँदा १२ जनाको मृत्यु भएको थियो । हाल सरकारले

‘खोज र नष्ट गर’ अभियानलाई नारामा सीमित राखेकाले संक्रमित र मृत्यु हुने दर बढेको डा.मरासिनी सुनाउँछन् ।
हालसम्म ७६ जिल्लामा डेंगु फैलिएको छ । गएको साउन महिनादेखि ३३ हजार ९ सय ७५ वटा डेंगुको केस पुष्टि भएको छ भने ४४ जनाको मृत्यु भएको छ । असोज महिनामा मात्रै २३ हजारभन्दा बढीमा डेंगु संक्रमण भएको पाइएको छ । त्यस्तै, संक्रमणको कारण ३३ जनाको मृत्यु भएको छ । -एजेन्सी

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया