Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – पछिल्लो एक अध्ययनअनुसार महिलाभन्दा पुरुषमा क्यान्सरको जोखिम बढी देखिएको छ । करिब १६ वर्षसम्म गरिएको अध्ययनले पुरुषमा ट्युमर हुने जोखिम बढी रहेको देखाएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

धूम्रपान, मद्यपानलगायतका कारण पुरुषमा क्यान्सरको जोखिम बढी देखिएको हो । अमेरिकन क्यान्सर सोसाइटीले गरेको अध्ययनमा त्यस्तो पाइएको हो । पुरुषमा १.३ देखि १०.८ गुणा बढी क्यान्सर हुने जोखिम देखिएको हो। सबभन्दा बढी इसोफाजिल क्यान्सर (मुखदेखि आन्द्रासम्म जोडिने नली) को जोखिम (१०.८ गुणा) रहेको छ । यसैगरी पुरुषमा थाइरोइड र पित्त थैलीको क्यान्सर भने महिलामा भन्दा कम देखिएको छ ।

सो अध्ययनमा २ लाख ९४ हजार १ सय जनालाई सामेल गरिएको थियो । अध्ययन नतिजाले क्यान्सर लाग्न नदिन सचेत गराउने विश्वास विज्ञहरूले व्यक्त गरेका छन् । महिलाभन्दा पुरुषमा क्यान्सर बढी हुनुका कारण जीवनशैली पनि एक कारक रहेको बताइएको छ ।

पुरुषहरूमा मधुमेहको बढी जोखिम तथा उनीहरू चुरोट, बिडी एवम् मद्यपान गर्ने भएकाले क्यान्सरको जोखिम बढी देखिएको हो । सुर्तीजन्य पदार्थ तथा मद्यपान रोक्दा पनि क्यान्सरको जोखिम कम गर्न सकिने विज्ञहरूको राय छ ।

तपाईको प्रतिक्रिया