Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – कोभिड–१९ विरुद्ध आजबाट काठमाडौंमा बुस्टर डोज दिइने भएको छ। आजदेखि १८ वर्षभन्दा माथिका दुई डोज लगाइसकेका व्यक्तिलाई बुस्टर डोज दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। काठमाडौंका सबै स्वास्थ्य संस्थाबाट कोभिशिल्ड खोपको बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार साउन ६ गतेसम्म बुस्टर डोज दिइनेछ। बिहान १० देखि साँझ ५ बजेसम्म बुस्टर डोज लिन सकिनेछ। पहिलो र दोस्रो डोज लगाएका व्यक्तिले खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित खोप लगाउन जान स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

बुस्टर डोज लगाउनका लागि दोस्रो डोज लगाएको तीन महिना पुगेको हुनुपर्नेछ। ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई बुस्टर डोज नलगाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया