Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं- भारतमा कोरोना महामारीको चौथो लहरको संकेत देखिन थालेको छ। त्यहाँ एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन्। अघिल्लो दिन थपिनेको संख्या १ हजार १ सय ५० थियो। त्यसैगरी पछिल्लो २४ घण्टामा २ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन्। उत्तर प्रदेशका केही सहरमा मास्क पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ।

भारतमा गत डिसेम्बरमा कोरोनाको तेस्रो लहर फैलिएको थियो। स्थिति सामान्य भएको दुई महिना नबित्दै फेरि संक्रमितको संख्या ह्वात्तै बढेको छ। दिल्ली, हरियाणा, उत्तर प्रदेश, केरला, महाराष्ट्र र मिजोरममा संक्रमितको संख्या तीव्र रूपमा बढ्न थालेको छ।

भारतमा संक्रमित बढेपछि त्यसको असर यता पनि पर्छ नै। विगतका लहरमा पनि यस्तो देखिएको छ। उत्तर प्रदेशसँग नेपालको लामो खुला सीमा छ भने दिल्ली र काठमाडौंको सघन सम्पर्क छ। मुम्बई र काठमाडौंबीच पनि सिधा उडान सुरु भइसकेको छ।  नेपाल एयरलाइन्सले मुम्बईका लागि सातामा ३ वटा उडान गर्छ। २७ मार्चबाट भारतले व्यावसायिक उडानका लागि सबै विमानस्थल खुला गरेपछि दिल्ली–काठमाडौं दैनिक ६ वटा उडान भइरहेको छ। काठमाडौं आउँदाजाँदा दुवैतिर अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने प्रावधान हटाइएको छ। खोप कार्ड देखाएर यात्रा गर्न पाइन्छ।

भारतमा तेस्रो लहर साम्य भएपछि नेपालमा पनि संक्रमितको संख्या नगण्य भइसकेको छ। हिजो सोमबार ३ हजार ६ सय नमुनाको पीसीआर परीक्षण गर्दा ०.२५ प्रतिशत अर्थात् ९ जनामा संक्रमण देखिएको थियो भने १ हजार ९१ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ जना अर्थात् ०.०९ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो। अहिले देशभर ३ सय ५० जनामात्र सक्रिय संक्रमित छन्।

भारतमा बढ्दो संक्रमण दरबाट आफूहरू चिन्तित भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन्। अब सीमामा पहिलेजस्तै स्वास्थ्य परीक्षणमा कडाइ गर्ने तयारी सरकारको छ।

तपाईको प्रतिक्रिया