Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – हृयुमन इम्युनो डेफिसिएन्सी भाइरस (एचआईभी) लाई कहिल्यै निको नहुने रोग मानिन्छ । तर, विस्तारै अवस्था परिवर्तन हुँदै गएको छ । हालै अमेरिकाका वैज्ञानिकहरुले एचआईभीसँग जुधिरहेकी महिलालाई यो रोगबाट मुक्त गराएका छन् । यो विश्वकै तेस्रो केस हो । यसअघि दुई जना पुरुष पनि यो रोगबाट निको भएका थिए । वैज्ञानिकले नयाँ कोशिकाहरु प्रत्यारोपण गरेर एचआईभी संक्रमितको उपचार गरिएको हो । यो प्रक्रियामा डोनरले गर्भनालको रगत प्रयोग गरिएको थियो । उक्त रगतले स्टेम सेलहरु निकालिएको थियो । यसरी संक्रमित महिलाको उपचार भयो ।

परम्परागत उपचार पद्दतिमा बोनम्यारोमा स्टेम सेलहरु निकालिन्छ । तर, यो विधि संक्रमितका लागि खतरनाक हुन्छ । यो उपचार क्यान्सरका रोगी वा कुनै पनि उपचार गर्न नमिल्ने रोगीलाई गर्ने गरिन्छ । यसले एचआईभी संक्रमितको उपचार हुँदैन । यसका साथै, बोन म्यारोमार्फत गरिने उपचार पद्दतिमा डोनर र रिसिभरको कोशिकाहरु सही तरिकाले म्याच हुन आवश्यक छ । तर, अम्बिलिकल कोर्डमा यस्तो हुँदैन । यसमा डोनर र रिसिभरको रक्तकोशिकाहरु पूरै तरिकाले नमिले पनि कुनै समस्या हुँदैन ।

उपचारबाट अमेरिकामा हरेक वर्ष ५० जना एचआईभी संक्रमित निको हुन सक्ने प्रक्षेपण गरिएको छ । महिलाको उपचारमा संलग्न डा. कोएन वेन बेसिनले नयाँ स्टेम सेल ट्रान्सप्लान्टको मद्दतबाट अमेरिकामा हरेक वर्ष ५० जना संक्रमित निको हुन सक्छन् । महिलाका मातापिता फरक-फरक जातिका थिए । सन् २०१३ मा एचआईभी संक्रमित भएकी उक्त महिलालाई रगतको क्यान्सर भएको थियो । यसपछि हृयाप्लो कार्ड ट्रान्सप्लान्टमार्फत उनको उपचार भइरहेको थियो । उनीमा आंशिक रुपमा मिल्ने डोनर र उनका एक नजिकका नातेदार अम्बिलिकल कोर्ड रगतको मद्दत लिइएको थियो । सन् २०१७ मा महिलामा अन्तिम ट्रान्सप्लान्ट भएको थियो । तीन वर्ष पछि डाक्टरहरुले उनमा उपचार गर्न बन्द गरे । सो समयदेखि महिला कुनै पनि भाइरसको सिकार भइनन् ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया