Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको प्रश्नोत्तर स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान बारे चर्चा गरिएको छ । यहाँहरुले पनि देहायको इमेलमा आफ्ना जिज्ञासा पठाउन सक्नुहुने छ ।

प्रश्न – डिपेन्डेन्ट भिसा भएकाले काम गर्नका लागि के प्रावधान छ ?
उत्तर – डिपेन्डेन्ट भिसा भएकाले अध्यागमन विभागबाट काम गर्ने अनुमति (सिखाकु गाइखाचुदो-वर्कपर्मिट) लिएमा १ हप्तामा २८ घण्टा सम्म काम गर्न पाइन्छ । वर्कपर्मिट लिएपछि उनीहरुले आरुबाइतो (आंशिक) काम गर्न पाउँछन् । वर्कपर्मिट लिएको अवस्थामा जाइर्‍युउ कार्डको पछाडि तल्लो भागमा पर्मिटको छाप हानिएको हुन्छ र राहदानीमा पनि पर्मिटको शिल टाँसिएको हुन्छ । वर्कपर्मिट नलिईकन भने काम गर्न पाइँदैन ।

प्रश्न – डिपेन्डेन्टले १ बर्षमा कतिसम्म कमाई गर्न पाउँछन ?
उत्तर – उदाहरणका लागि प्रतिघण्टा १ हजार येनको काम गरेको अवस्थामा १ महिनाको तलव प्रति घण्टा १ हजार येन ×१ हप्तामा २८ घण्टा काम गर्ने समय × ४ हप्ता= ११२,००० येन हुन्छ । जसअनुसार १ बर्षको तलव ११२,००० येन×१२ महिना = १,३४४,००० येन हुन्छ । बर्षमा कतिसम्म कमाउन मिल्छ भन्ने कानुनले तोकेको त छैन तर पनि १ हप्तामा २८ घण्टासम्म भन्ने तोकेको छ, त्यसैले यो कानुन पालना गर्न आवश्यक हुन्छ । १ हप्तामा २८ घण्टा काम गरे पनि प्रति घण्टा धेरै कमाइ हुने काम गरेको अवस्थामा भने १ महिना अथवा १ बर्षको कमाइ पनि धेरै हुन्छ । यस्तो अवस्थामा तलव पनि धेरै हुने भएकोले तलव धेरै हुनेलाई डिपेन्डेन्ट नभनिने हुँदा ध्यान दिन आवश्यक हुन्छ ।

प्रश्न – १ वर्षमा कति कमाई भयो भन्ने कसरी थाहा पाउन सकिन्छ ?
उत्तर – काम गरेको कम्पनीबाट प्राप्त हुने गेन्सेनबाट १ वर्षको कमाई पुष्टि गर्न सकिन्छ । कम्पनीले गेन्सेन सिटी कार्यालयमा पठाएको हुन्छ र सिटी कार्यालयबाट खाजेइस्योमेइस्यो निकालेर पनि १ बर्षको तलव पुष्टि गर्न सकिन्छ । तर ध्यान दिनुपर्ने के छ भने श्रीमानले काम गरेको कम्पनीबाट गेन्सेनमा श्रीमतिको खाजोकु फुयो (परिवारिक आश्रित सदस्य) मा नाम हालिएको हुन्छ । त्यहीअनुसार कर हिसाब गरी गेन्सेन बनाई सिटी कार्यालयमा पठाईएको हुन्छ । तर पछि श्रीमानले सिटी कार्यालयबाट खाजेइस्योमेइस्यो निकाल्दा श्रीमतिको नाम फुयोबाट हटाइएको पनि हुन सक्छ ।

प्रश्न – यस्तो किन हुन्छ ?
उत्तर – श्रीमानले काम गर्ने कम्पनीको गेन्सेनमा श्रीमतिको खाजोकु फुयोमा नाम हालिए पनि श्रीमतिले काम गर्ने कम्पनीले १ बर्ष काम गरेको तलवको गेन्सेन बनाएर सिटी कार्यालयमा पठाउने हुनाले १ बर्षभरिमा कति कमायो भन्ने थाहा हुने र धेरै कमाई भएको देखिएमा श्रीमानको कम्पनीबाट बनाएको गेन्सेनमा श्रीमति फुयो भए पनि सिटी अफिसले फुयोबाट स्वतः हटाइदिन्छ । त्यसो हुँदा खाजेइस्योमेइस्योमा श्रीमति फुयोमा नदेखिए भिसा लगाउने बेला समस्या आउन सक्छ, ध्यान दिनुहोला ।***

यो पनि पढ्नुहोला ।
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ?   

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
थप जानाकारीका लागि  यहां क्लिक गर्नुहोला । 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया