Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । चारकिलोमा बिहान अर्को पहिरो खसेपछि आवातजावत ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसअघि बिहान बिहान ५ बजेतिर खसेको पहिरो हटाएर एकतर्फी आलोपालो गरी गाडी गुडाउन दिइएकोमा पौने ८ बजेतिर अर्को पहिरो खसेपछि आवात–जावत ठप्प भएको हो । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि अहिले सयौं गाडी बाटोमै रोकिएका छन् ।

तपाईको प्रतिक्रिया