Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

बट्टार– नुवाकोटमा जारी प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत तेस्रो क्वार्टरफाइनलमा आज थ्रि स्टार र मदन भण्डारी स्पोटर््स एकेडेमी भिड्दै छन्।

दिउँसो ४ बजे नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा प्रतिस्पर्धा हुनेछ। रााष्ट्रिय खेलाडिले भरिएको थ्रिस्टार उच्च मनोवलका साथ मैदानमा उत्रने प्रशिक्षक मेघराज केसीले जनाए।

यसअघि आइतबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई शून्यका विरद्ध १ गोलले स्तब्ध पार्दै पोखर सेमिफाइनलमा पुगेको थियो। १० टोलीको सहभागिता रहेको प्रतियोगितामा घरेलु टोली नुवाकोट पनि सेमिफाइनलमा पुगिसकेको छ।

प्रतियोगीतामा प्रथम हुने टोलीले ५ लाख रुपैयाँ नगदसहित ट्रफी पाउनेछ भने दोस्रो टिमले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

तपाईको प्रतिक्रिया