Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतका नाममा तानाशाह लाद्न खोजे सशक्त प्रतिरोध गर्ने बताउनु भएको छ । रिर्पोटस क्लव पाँच नम्बर प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

नेता सिटौलाले प्रधानमन्त्री ओली बहुमतका आडमा अधिनायकवाद लाद्न उद्यत रहेको संकेत आइरहेको बताउँदै लोकतन्त्र र संविधान बचाउनका लागि कांग्रेस अविचलित रहने बताउनुभयो । संसदमा सरकारको नीति तथा कार्यक्रमको विषयमा मौन रहनु गल्ती भएको बताउदै बजेटका खराब पक्षको कांग्रेसले भण्डाफोर गर्ने उहाँको नेतावनी छ । कांग्रेसलाई बलियो प्रतिपक्ष रुपमा स्थापित गराउन पार्टीभित्रै आमूल परिवर्तन आवश्यक रहेको उहाँको भनाई छ ।

पार्टीका पूर्व महामन्त्रीसमेत रहनु भएका सिटौलाले आगामी महासमितिको बैठकले कांग्रेसलाई नयाँ कार्ययोजनासहित कार्यदिशा दिने बताउँदै महासमितिलाई वैचारिक सम्मेलनको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टी नेतृत्व अपारदर्शी र अलोकतान्त्रिक बन्दै जानु दुखद भएको बताउनुभयो । बालकृष्ण ढुंगेललाई सरकारले माफी दिनु गलत भएको बताउँदै माफी दिनुअघि पीडित पक्षको सहमति आवश्यक भएको सिटौलाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया