Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – सगरमाथा क्षेत्रमा आउन सक्ने आकस्मिक स्वास्थ्य समस्याबारे अब प्रत्यक्ष रुपमा परामर्श सेवा उपलब्ध हुने भएको छ । सगरमाथा क्षेत्रमा इन्टरनेट सेवा दिइरहेको एभरेष्ट लिंकले सगरमाथा क्षेत्रबाटै चिकित्सकसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने गरी हेलो डाक्टर सेवा प्रारम्भ गर्न लागेको हो ।

बुधबारबाट सेवा प्रारम्भ गर्ने यो कार्यक्रमको सोलुखुम्बुको नाम्चेमा आयोजित कार्यक्रममा विश्वचर्चित आरोही कान्छा शेर्पाले उद्घाटन गर्नुभयो । एभरेष्ट लिंकका प्रमुख कार्यकारी अधिकृत छिरिङ ग्याल्जेङ शेर्पाले सगरमाथा क्षेत्र सबै पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न यो सेवा प्रभावकारी हुने अपेक्षा गरिएको बताउनुभयो । सगरमाथा क्षेत्रमा एभरेष्ट लिंकले सन् २०१४ बाट इन्टरनेट सेवा प्रवाह शुरु गरेको थियो ।

सोही माध्यमबाट आकस्मिक अवस्थामा चिकित्सकसँग सम्पर्क स्थापित गरी परामर्श उपलब्ध गराउन लागिएको सीईओ शेर्पाले जानकारी दिनुभयो ।  एभरेष्ट लिंकका प्राविधिक निर्देशक चेहेन लामाका अनुसार एभरेष्ट लिंकको सेवा नलिएका पर्यटक र स्थानीयले यो सेवा उपयोग गर्न सक्ने बताउनुभयो । प्रविधिको माध्यमबाट पर्यटकलाई सेवा दिने उद्देश्यले हेलो डाक्टर सेवा प्रारम्भ गरिएको लामाले बताउनुभयो ।

कम्पनीले स्वयंसेवी चिकित्सकको सञ्जाल स्थापित गरी यस सेवा प्रभावकारी बनाउने जनाएको छ । पहिलो चरणमा ५ जना डाक्टरलाई सहभागि गराइएको र क्रमशस् विस्तार गर्दै लगिने आयोजकको भनाई छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया