Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

भक्तपुर- भक्तपुरमा दोस्रो उपत्यका व्यापी खुल्ला धिमे बाजा प्रतियोगिता २०७४ हुने भएको छ । मानन्धर व्यायाम मन्दिरको २५ औं बसन्त पार गरेको अवसर असोज १९ गते सो प्रतियोगिता हुने भएको हो ।
रफत सञ्चार क्बलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमा मन्दिरका सल्लाहकार रामकृष्ण मानन्धरले संस्थाले बिगतमा पनि कला संस्कृतिको जर्गेना गर्न बिभिन्न खालका कार्यक्रम गर्दै आएकोमा भक्तपुरको कला बोकेको धिमे बाजाको संरक्षण गर्ने उद्देश्यले उपत्यकाब्यापी खुल्ला दोस्रो धिमे प्रतियोगिता गर्न लागेको बताए ।
उक्त प्रतियोगितामा ४० टोलीको सहभागिता रहने कार्यक्रम संयोजक किशोर मानन्धरले बताए । उनले भने प्रतियोगीतामा प्रथम, द्धितीय, तृतीय र चौथो हुनेलाई धिमेका साम्रगीका साथै शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ ।
उक्त प्रतियोगीतामा २ लाख ५८ हजार खर्च हुने आयोजकले जनाएको छ । सहभागी रहेका धिमे बाजका प्रतिस्पर्धीहरुलाई धिमेका पाँच विद्याबाट निर्णय गरेर क्रमश बिजय घोषित गर्ने पत्रकार भेटघाटमा जानकारी गराईएको थियो ।

तपाईको प्रतिक्रिया