Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – १५ वर्षमुनिको साफ च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा बंगलादेश भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा बंगलादेशले भुटानलाई ३-० गोलअन्तरले पाखा लगाउँदै समूह ‘ए’ को विजेता बनेको छ ।

खेलको पहिलो हाफमा एक गोल गरेको बंगलादेशले दोस्रो हाफमा दुई गोल थप्यो । पहिलो हाफको २५औँ मिनेटमा बंगलादेशका खेलाडी मोहम्मद फोयसल अहमद फिहिमले एक गोल गर्दै खाता खोले । करिब सिक्स यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

त्यस्तै, खेलको ५२औँ र ८२औँ मिनेटमा बंगलादेशका अर्का खेलाडी मोहम्मद मिराज मोलाले दुई गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । भोलि नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया