काठमाडौं – एसियाली युवा तथा जुनियर भारत्तोलन च्याम्पियनसिपको उद्घाटन आइतबार हुँदैछ ।
लगनखेलमा रहेको नेपाली सेनाको शारीरिक तालिम तथा स्पोर्टस कम्प्लेक्समा प्रतियोगिताको उद्घाटन आइतबार भएपनि प्रतिस्पर्धा भने सोमाबार सुरु हुने आयोजक नेपाल भारत्तोलन संघले जनाएको छ ।
प्रतियोगितामा ३२ देशका ३ सय ७ जना खेलाडीले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा नेपालका १३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।








