Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – संघीय नेपालमा विद्यमान स्वास्थ्य सेवा प्रणाली र त्यसको संरचनामा व्यापक हेरफेर भएको छ । आमनागरिकलाई पायक पर्ने स्थानमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र गुणस्तरीय सेवामा पहुँच विस्तार गर्ने संविधानको मर्मलाई ध्यान दिँदै हालको स्वास्थ्य सेवा प्रणालीको संरचनामा हेरफेर गरिएको हो ।

स्वास्थ्यमन्त्री गगन थापाका पालामा तयार पारिएको र मन्त्रिपरिषद्ले स्वीकृत गरेको ‘एकीकृत स्वास्थ्य पूर्वाधार विकास योजना’ अनुसार अब विकट वा दुर्गमका बिरामीले सामान्य रोगको प्रयोगशाला जाँच वा उपचारका लागि अनावश्यक खर्च गरेर प्रदेश वा केन्द्र धाउनुपर्ने छैन । यसबाट समयमै रोग पहिचान र उपचार सम्भव हुने सरकारी अधिकारीको अपेक्षा छ ।

गाउँ तथा नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्यचौकी, स्थानीय तहका हरेक वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य इकाई हुनेछन् । त्यहाँ खोप, परिवार नियोजनका साधन, गर्भवती एवं शिशु जाँच, साधारण प्रसूति सेवा, क्षयरोगको उपचार, पोषण सेवा, मानसिक स्वास्थ्य सेवा, नसर्ने रोगको परामर्श, सामान्य सरुवा रोगको उपचार तथा नियन्त्रण, निःशुल्क औषधि वितरण, प्रयोगशाला सेवालगायत सम्पूर्ण आधारभूत सेवा उपलब्ध हुनेछन् । त्यसको समन्वयका लागि प्रत्येक स्थानीय तहमा स्वास्थ्य कार्यालय सञ्चालनमा ल्याइनेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया