Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

भारतीय क्रिकेट टिमका तीब्र बलर जाहिर खान ‘चक दे गर्ल’ सागरिका खड्गेसँग वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

बलिउडको हिट फिल्म ‘चक दे’ कि अभिनेत्री सागरिकासँग उनको हिमचिम केही वर्षदेखि बढेको थियो । भारतीय क्रिकेट टिमको सिनियर खेलाडी भए पनि जाहिर अहिलेसम्म अविवाहित थिए ।

जाहिरले आफ्ना साथी तथा भारतीय क्रिकेट टिमका अलराउन्डर युवराज सिंहको विवाहको पार्टीमा सागरिकासँग विवाहको प्रस्ताव राखेका थिए। तर, उनले भर्खरै विवाहको घोषणा गरेका हुन्। उनले सागरिकासँग इङ्गेजमेन्ट गरेको तस्बिर ट्विटरमा सार्वजनिक गरेका छन्।

यसअघि जाहिरको सम्बन्ध अर्की नायिका इशा सर्वानीसँग भएको बताइएको थियो। तर, दुईबीचको सम्बन्ध छिट्टै टुँटेको थियो।

३९ वर्षीय जाहिर हाल आइपिएलको दिल्ली डेयरडेभिल्सका कप्तान हुन्। उनी ९५ खेलमा सय विकेटभन्दा १ विकेटले पछाडि छन्।

तपाईको प्रतिक्रिया