Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले २१५ रनको लक्ष्य पाएको छ । बंगलादेशको कक्स बजारमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धा्रित ५० ओभरमा सबै विकेटको क्षतिमा २१४ रन बनायो ।

नेपालका अविनाश कर्णले तीन तथा भुवन कार्की, सुशन भारी र ज्ञानेन्द्र मल्लले समान दुई दुई विकेट लिए । यस्तै सन्दिप लामिछानेले एक विकेट लिए । हङकङका लागि अंशुमन राथले ५१, क्यामरुन म्याकुलसेनले ४३ तथा वाक्कस खानले ३० रन बनाए । यसअघिका दुवै खेल गुमाएको नेपालका लागि हङकङसँगको खेलमा प्रतिष्ठाका लागि मात्रै हो । नेपाल पहिलो खेलमा पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ६ विकेटले हारेको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो ।

एक दिवसीय खेलमा नेपाल र हङकङको यो दशौं भेट हो । यसअघिका ९ खेलमा नेपालले ५ खेल जितेको छ भने चार खेलमा पराजित भएको थियो । हङकङसँग पछिल्लो पटक सन् २०१४ मा एसिसी प्रिमियर लिगमा भेट हुँदा नेपाल डकबर्थ लुइस नियमका आधारमा ७ विकेटले विजयी भएको थियो ।

एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया