Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – एसीसी इमर्जिङ कप क्रिकेटमा लगातार दोस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । सोमबार पाकिस्तानसँग ६ विकेटले पराजित भएको नेपाल आज बंगलादेशसँग ८३ रनको हार व्यहोर्दै समूह चरणबाटै बाहिरिएको हो ।

इमर्जिङ टिम्स एशिया कप क्रिकेट अन्तरगत आज को खेलमा नेपाल बंगलादेशसँग ८३ रनले पराजित भएको छ । २ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले ४२ ओभर ३ बलमा सबै विकेट गुमाउँदा १ सय ७४ रन मात्र बनाउन सक्यो । नेपालका दिपेन्द्र सिंह ऐरीले भने अर्धसतक बनाएका थिए । ६ चौकाको मद्धतमा उनले ८५ बलमा ५६ रन बनाएका हुन् । १० बल खेलेका कप्तान ज्ञानेन्द्र मल्ल खाता नखोली आउट भए । १३ बल खेलेका अर्का ओपनर सुनिल धमला पनि एक रनमै आउट भएका थिए ।

यस्तै आशिफ शेखले १५ बलमा १२ रन बनाए । धरमराएको नेपाली ब्याटिङ दिलिप नाथ र दिपेन्द्र सिंह ऐरीले सम्हालेका थिए । ६२ बलमा ४१ रन बनाउँदा दिलिप आउट भएपछि ब्याटिङ सम्हालिन सकेन । त्यसपछि शरद भेषावकर ५ बलमा २ रन बनाएर आउट भए । लगत्तै मेहबुब आलम १७ बलमा १० रन बनाएर आउट भए । बिनोद भण्डारीले एक छक्का, ६ चौकाको मद्धतमा २३ बलमा ३३ रन बनाए । यस्तै भुवन कार्की १६ बलमा ६ रन बनाएर आउट भए ।

नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको बंगलादेशले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । नेपालका अभिनाश कर्णले ३ तथा सन्दिप लामिछानेले २ विकेट लिए । यस्तै मेहबुब आलम, दिपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्लले एक एक विकेट लिए । एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एशोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता छ ।

नियमित कप्तान पारस खड्का यस प्रतियोगितामा अनुपस्थित छन् । प्रमुख तीन बलर शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मी पनि टिममा छैनन् । नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तान, बंगलादेश र हङकङ तथा समूह ‘बी’ मा भारत, श्रीलंका, मलेसिया र हङकङ छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया