Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – विश्वकप छनौट फुटबलमा अन्तर्गत अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना र भेनेजुएलाले २–२ गोलको बराबरी खेलेको हो । FBL-WC-2018-VEN-ARG

मेरिडामा भएको खेलमा अर्जेन्टिनी कप्तान मेस्सी चोटका कारण टोलीमा अनुपस्थित थिए । खेलमा भेनेजुएलाले दुई गोलको अग्रता लिएर पनि जोगाउन सकेन । ३५ औं मिनेटमा गोल गरेको उसले ५३ औं मिनेटमा दोस्रो गोल गरेको थियो । तर, ५८ औं मिनेटमा पार्टोले अर्जेन्टिनाका लागि गोल गरे । ८३ औं मिनेटमा आटामेन्डीले बराबरी गोल गर्दै अर्जे्न्टिनालाई हारबाट जोगाए । यस्तै अर्को खेलमा ब्राजिलले कोलम्बियालाई हराएको छ ।

नेयमारको गोलको मदतमा ब्राजिलले कोलम्बियालाई २–१ ले हराएको हो । खेलमा ब्राजिलले दोस्रो मिनेटमा नै मिरान्डाको गोलबाट अग्रता लिएपनि ३६ औं मिनेटमा घरेलु टोलीका मार्किन्योसले आत्मघाती गोल गरे र खेल १–१ को बराबरीमा पुग्यो । खेलको ७४ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई जित दिलाए । यस्तै मंगलबार राति भएको युरोपेली समुह बी को खेलमा पोर्चुगललाई स्विट्जरल्याण्डले २–० ले हराएको हो । FBL-WC-2018-BRA-COL

खेलमा स्विट्जरल्याण्डलाई विजयी गराउन ईम्बोलो र मेहेमेदीले एकरएक गोल गरे । यही समुहका अन्य खेलहरुमा लात्भियाले एण्डोरालाई १–० ले हराउँदा हंगेरी र फारो आईल्याण्डले गोलरहित बराबरी खेलेका छन् । उता समुह ए को खेलमा फ्रान्सलाई बरुसले गोलरहित बराबरीमा रोक्दा बुल्गेरियाले लक्जेम्बर्गलाई ४–३ ले हराएको छ । नेदरल्याण्ड्स र स्विडेनले १–१ गोलको बराबरी खेलेका छन् ।

विश्वकप छनोटअन्तर्गत युरोपेली समुह एच का खेलहरुमा बेल्जियमले साईप्रसलाई ३–० ले हराउँदा ग्रिसले जिब्रल्टारलाई ४–१ ले तथा बोस्नियाले ईस्टोनियालाई ५–० ले हराएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया