Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

काठमाडौँ – वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्मरणमा बूढानीलकण्ठस्थित उहाँको निवासमा परिवार तथा आफन्तजनले साङ्गीतिक कार्यक्रम गरी गुरुङको स्मरण गरेका छन् ।

उहाँको निधन भएको १२औँ दिनको पुण्य तिथि पारेर आज साङ्गीतिक कार्यक्रममार्फत श्रद्धाञ्जली सभा गरिएको हो । वरिष्ठ सङ्गीतकार गुरुङले उहाँको जीवनमा उहाँले गाएका तथा सङ्गीत भरेका महत्त्वपूर्ण करिब एक दर्जन गीत गाएर उहाँको स्मरण गरिएको साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो ।

यसैबिच, मुलुकका चर्चित कलाकार तथा गायकले वरिष्ठ सङ्गीतकार गुरुङको सम्झनामा आइतबार साँझ ४ बजे ललितपुरको यलःमाया केन्द्रमा साङ्गीतिक शोकसभा गर्न लागेको सायमीले बताउनुभयो । वरिष्ठ सङ्गीतकार गुरुङले राष्ट्रिय गानमा सङ्गीत भर्नुभएको थियो । त्यसैगरी, उहाँले नेपाली, मैथिली, भोजपुरी, नेवारी लगायतका भाषामा लेखिएका करिब एक हजार गीतमा पनि सङ्गीत भर्नुभएको थियो ।

त्यस्तै, केही चलचित्रका गीतमा समेत उहाँले सङ्गीत भर्नुभएको र केही गीत गाउनुभएको थियो । नेपाली साङ्गीतिक क्षेत्रको विकासमा उहाँले पुर्‍याउनुभएको योगदानका कारण सबै कलाकार तथा सर्वसाधारणले समेत उहाँलाई सम्मान गरेको पाइएको छ ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया