काठमाडौं – नेपाली मुद्राको तुलनामा जापानी मुद्रा ‘येन’ को विनिमय दरमा पछिल्लो समय निरन्तर गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार १० जापानी येनको बिक्री दर ९ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
पछिल्लो केही हप्ता ऐतिहासिक उचाइतर्फ उन्मुख रहेको येनको मूल्यमा आज उल्लेख्य संकुचन आएको हो । राष्ट्र बैंकको विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ५२ पैसा र बिक्री दर ९ रुपैयाँ ५६ पैसा रहेको छ ।
१ अमेरिकी डलरको खरिद दर १५१.७१ रुपैयाँ र बिक्री दर १५२.३१ रुपैयाँ कायम भएको छ । अघिल्लो हप्ता १५४ रुपैयाँ नाघेको डलरको मूल्यमा अहिले केही गिरावट आएको हो । ५०० रुपैयाँको ऐतिहासिक विन्दु पार गरेको कुवेती दिनारको बिक्री दर आज ४९६ रुपैयाँ ६१ पैसामा झरेको छ । आज युरोको बिक्री दर १७७.३४ रुपैयाँ र बेलायती पाउन्ड स्टर्लिङको २०४.३९ रुपैयाँ कायम भएको छ ।
खाडी मुलुकमा श्रम गरिरहेका नेपाली श्रमिकहरूका लागि आजको विनिमय दर यस प्रकार छ:-
- कतारी रियाल: ४१ रुपैयाँ ८२ पैसा
- युएई दिराम: ४१ रुपैयाँ ४७ पैसा
- साउदी रियाल: ४० रुपैयाँ ५९ पैसा
- मलेसियन रिंगिट: ३८ रुपैयाँ ४१ पैसा
- ओमानी रियाल: ३९५ रुपैयाँ ६१ पैसा
- बहराइन दिनार: ४०३ रुपैयाँ ९८ पैसा
यसैगरी, क्यानेडियन डलरको बिक्री दर ११० रुपैयाँ २७ पैसा र अस्ट्रेलियन डलरको १०९ रुपैयाँ ०७ पैसा कायम भएको छ । दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ११ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले तोकेको यो दर सन्दर्भ दर मात्र भएकाले खुल्ला बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।








