Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – उच्च शिक्षा र उज्यालो भविष्यको सपना बोकेर अष्ट्रेलिया पुगेकी नेपाली छात्रा सुष्मा कोइरालाको निधन भएको छ । दक्षिण अष्ट्रेलियाको एडिलेड सहरमा मंगलबार उनको ज्यान गएको हो ।

यो अप्रत्याशित घटनाले एडिलेडस्थित सिंगो नेपाली समुदाय शोकमग्न बनेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलियालगायतका स्थानीय संघसंस्थाले यस दुःखद घटनाको पुष्टि गरेका छन् । यद्यपि, उनको मृत्युको यकिन कारण भने हालसम्म खुलाइएको छैन ।

पत्नीवियोगको असह्य पीडामा रहेका उनका श्रीमान् विक्रम अर्यालले सामाजिक सञ्जालमार्फत भावपूर्ण सन्देश लेख्दै आफ्नो विक्षिप्त अवस्था पोखेका छन् । ‘यति चाँडै र अचानक आफ्नो मान्छे गुमाउनु पर्दाको असीमित पीडासँग म संघर्ष गरिरहेको छु,’ अर्यालले लेखेका छन्, ‘अरूलाई दुःख पर्दा सधैं सहयोग गर्ने उनी हाम्रो जीवनको खुसी थिइन् । उनको बिदाइले ल्याएको ठूलो रिक्तता म शब्दमा व्यक्त गर्न पनि सक्दिनँ ।’

सुष्माको पार्थिव शरीरलाई आफ्नै मातृभूमिमा ल्याई धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गर्ने श्रीमान् र नेपालमा रहेका बुवाआमाको चाहना छ । परिवारको यही अन्तिम इच्छा पूरा गर्न यतिबेला अष्ट्रेलियास्थित नेपाली समुदायले ‘गो फन्ड‘मार्फत आर्थिक संकलन अभियान सुरु गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया