Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानको खुद वैदेशिक सम्पत्तिले गत वर्षको अन्त्यसम्ममा ५६१ खर्ब येन (करिब ३५ खर्ब अमेरिकी डलर) को ऐतिहासिक उचाइ कायम गरेको छ । यद्यपि, सम्पत्तिको परिमाण बढे तापनि जापान विश्वको सबैभन्दा धनी राष्ट्रको सूचीमा भने तेस्रो स्थानमा झरेको छ । छिमेकी मुलुक चीनले उछिनेपछि जापानको वरीयता खस्किएको हो ।

जापानको अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२५ को अन्त्यसम्ममा जापानको कुल वैदेशिक सम्पत्ति अघिल्लो वर्षको तुलनामा ८.५ प्रतिशत (१४१ खर्ब येन) ले बढेर १८०५ खर्ब येन पुगेको छ । जापानी सरकार, निजी कम्पनी र सर्वसाधारणले विदेशमा गरेको कुल लगानी, विदेशी सेयर र ऋणपत्रको मूल्य बढेका कारण यो वृद्धि सम्भव भएको हो। विशेषगरी जापानी कम्पनीहरूले अमेरिका र अन्य देशहरूमा आफ्नो लगानी विस्तार गरेका छन् ।

वैदेशिक सम्पत्तिसँगै जापानको वैदेशिक दायित्व पनि १०.५ प्रतिशतले बढेर १२४३ खर्ब येन पुगेको छ । विदेशी लगानीकर्ताहरूको स्वामित्वमा रहेका जापानी कम्पनीहरूको सेयर मूल्यमा भएको वृद्धिका कारण जापानले तिर्नुपर्ने दायित्वको हिस्सा पनि बढेको हो । वैदेशिक सम्पत्तिबाट वैदेशिक दायित्व घटाउँदा कायम हुने ‘खुद वैदेशिक सम्पत्ति’ लगातार सातौँ वर्ष नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

सन् १९९० को दशकदेखि जापान विश्वकै सबैभन्दा बढी वैदेशिक सम्पत्ति भएको मुलुकको रूपमा रहँदै आएको थियो । तर, पछिल्लो दुई वर्षमा जापानको वरीयतामा निरन्तर गिरावट आएको  छ। सन् २०२४ मा जर्मनीले जापानलाई उछिनेर पहिलो स्थान हात पारेपछि जापान दोस्रो स्थानमा झरेको थियो । गत वर्ष चीनले जापानलाई उछिनेपछि जापान अहिले तेस्रो स्थानमा सीमित भएको हो ।

लगातार ठूलो वैदेशिक व्यापार बचत गरिरहेको चीनको खुद वैदेशिक सम्पत्ति ६३० खर्ब येन पुगेको छ, जसले उसलाई विश्वकै शीर्ष स्थानतर्फ डोर्‍याइरहेको छ ।

तपाईको प्रतिक्रिया