काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछाने को पहलमा बैठक बस्न लागेको हो।
बैठक बनस्थलीस्थित पार्टी कार्यालयमा आइतबार दिउँसो साढे १२ बजे सुरु हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। बैठकमा वर्तमान राजनीतिक अवस्था र अन्य समसामयिक विषयमा छलफल गरिने जनाइएको छ।








