Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानको प्रसिद्ध कला सहर टोयोटा सिटीमा आयोजना हुन लागेको ‘२६ औं ग्लोबल आर्टिष्ट मुभमेन्ट (जिएएम) प्रदर्शनी’मा यस वर्ष नेपालका चार कलाकारहरूले सहभागिता जनाउने भएका छन् । आगामी मे २० देखि २४ तारिखसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा नेपालको प्रतिनिधित्व गर्दै कलाकारहरू नरबहादुर विश्वकर्मा, सुष्मा श्रेष्ठ, दोर्जे गुरुङ लामा र केशव राज खनाल जापान आउने भएका हुन् ।

जापानको ‘टोयोटा म्युनिसिपल म्युजियम अफ आर्ट’को ग्यालरीमा आयोजना हुने यस प्रदर्शनीलाई कला क्षेत्रको एक महत्वपूर्ण अन्तर्राष्ट्रिय प्लेटफर्मका रूपमा लिइन्छ । ‘ग्लोबल आर्टिष्ट मुभमेन्ट’ ले विश्वभरका प्रतिभावान कलाकारहरूलाई एउटै थलोमा ल्याई कला र संस्कृतिको आदानप्रदान गर्ने उद्देश्य राख्दै आएको छ ।

प्रदर्शनीमा सहभागी हुन लागेका नेपाली कलाकारहरूले आफ्ना मौलिक सिर्जनामार्फत नेपालको कला, संस्कृति र समसामयिक विषयवस्तुलाई विश्वस्तरमा प्रस्तुत गर्नेछन् । उक्त प्रदर्शनी बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने र प्रवेश नि:शुल्क गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई जापानको परराष्ट्र मन्त्रालय, जापान-इस्टोनिया मैत्री संघ, आइची प्रान्त, टोयोटा नगरपालिका र टोयोटा शिक्षा समिति लगायतका विभिन्न सरकारी तथा सामाजिक संस्थाहरूले विशेष सहयोग एवं समर्थन गरेका छन् । २६ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यो प्रदर्शनीले नेपाली कलालाई अन्तर्राष्ट्रिय बजारमा थप परिचित गराउन र कलाकारहरूको क्षमता अभिवृद्धिमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया