Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अनिश्चितता बढे पनि जापानी प्रधानमन्त्री सानाए ताकाइचीले तत्कालका लागि सर्वसाधारणलाई ऊर्जा खपत घटाउन आह्वान नगर्ने अडान लिएकी छिन् । मुलुकको आर्थिक गतिविधिलाई कुनै पनि हालतमा प्रभावित तुल्याउन नहुने भन्दै उनले ऊर्जा बचतको प्रस्तावलाई अस्वीकार गरेकी हुन् ।

गत फेब्रुअरी २८ देखि सुरु भएको इरान विरुद्धको अमेरिका-इजरायल युद्धका कारण विश्वकै प्रमुख ऊर्जा मार्ग ‘हर्मुज जलडमरू’ प्रभावकारी रूपमा बन्द छ । इन्धनका लागि मध्यपूर्वमा अत्यधिक निर्भर रहेका अन्य स्रोतविहीन एसियाली मुलुकहरूले आफ्ना नागरिकलाई इन्धन खपत कम गर्न आग्रह गरिरहेका बेला जापानको यस्तो नीति सार्वजनिक भएको हो ।

सोमबार संसदमा विपक्षी सांसदले ‘संकटकालीन आर्थिक कदम’ चाल्नुपर्ने आवश्यकताका बारेमा सोधेको प्रश्नको जवाफ दिँदै ६५ वर्षीया प्रधानमन्त्रीले भनिन्, ‘म यस घडीमा देशको आर्थिक वा सामाजिक गतिविधिलाई रोक्नुपर्छ भन्ने पक्षमा छैन ।’ उनले आफ्नो सरकारले मध्यपूर्वको विकल्पमा अन्य स्रोतहरूबाट तेल आपूर्ति सुरक्षित गर्न सक्रियताका साथ काम गरिरहेको समेत जानकारी दिइन् ।

इन्धन संकटको सामना गरिरहेका अन्य छिमेकी राष्ट्रहरूले भने फरक रणनीति अपनाएका छन् । दक्षिण कोरियाले आफ्ना नागरिकलाई ऊर्जाको प्रयोग घटाउन औपचारिक आग्रह गरिसकेको छ भने मलेसियाले इन्धन खपत कम गर्न कर्मचारीहरूलाई ‘वर्क फ्रम होम’ गर्न प्रोत्साहन गरिरहेको छ ।

प्रधानमन्त्री ताकाइचीले तत्कालका लागि नयाँ पूरक बजेट ल्याउनु पर्ने आवश्यकता नरहेको समेत स्पष्ट पारिन् । यसै महिनाको सुरुमा जापानले सन् २०२६ का लागि १२२.३१ खर्ब येन (करिब ७६८ अर्ब डलर) को ऐतिहासिक बजेट पारित गरेको थियो । उक्त बजेटमा रहेको ‘रिजर्भ फण्ड’ (आपतकालीन कोष) लाई मध्यपूर्वको परिस्थितिसँग जुध्न प्रयोग गर्न सकिने हुनाले थप बजेट आवश्यक नरहेको उनको तर्क छ ।

तपाईको प्रतिक्रिया