काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकका एजेन्डा औपचारिक रूपमा सार्वजनिक नभए पनि सरकारका नियमित कामकारबाहीबारे छलफल हुने जनाइएको छ। साथै, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने विषयमा पनि कुराकानी हुन सक्ने बताइएको छ।
सरकारका आगामी निर्णय र नीति सम्बन्धी विषयमा पनि बैठकमा विचारविमर्श हुने अपेक्षा गरिएको छ।








