Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानको उत्तरी टापु हक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विज्ञान विभागका अनुसार भूकम्पपछि सुनामीको कुनै चेतावनी भने जारी गरिएको छैन ।

स्थानीय समय अनुसार बिहान ५:२४ बजे गएको उक्त भूकम्पको केन्द्रविन्दु हक्काइडोको टोकाची क्षेत्रमा करिब ८३ किलोमिटर गहिराइमा रहेको थियो । जापानी भूकम्पीय तीव्रता मापन स्केल अनुसार यसको तीव्रता ‘अपर ५’  रेकर्ड गरिएको छ । जापानमा ७ विन्दुसम्मको मापन स्केल प्रयोग गरिन्छ, जसमा ‘अपर ५’ को अर्थ मानिसहरूलाई सहारा बिना हिँड्न कठिनाइ हुने र असुरक्षित वस्तुहरू खस्न सक्ने स्तरको कम्पन हो ।

भूकम्प लगत्तै कुनै मानवीय चोटपटक वा ठूलो भौतिक क्षतिको खबर प्राप्त भएको छैन । हक्काइडो इलेक्ट्रिक पावर कम्पनीका अनुसार क्षेत्रमा रहेको ‘तोमारी’ आणविक ऊर्जा केन्द्रमा कुनै पनि असामान्य अवस्था देखिएको छैन र प्लान्ट सुरक्षित रहेको छ ।

जापानमा पहिले नै ठूलो भूकम्प जान सक्ने भन्दै एक हप्ता लामो विशेष चेतावनी जारी गरिएको थियो । ठिक एक हप्ता अघि जापानको उत्तर-पूर्वी प्रान्त आओमोरीमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि मौसम विभागले थप शक्तिशाली धक्काहरू आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आह्वान गरेको थियो ।

जापानले विशेष निगरानीमा राखेका सातवटा संवेदनशील क्षेत्रहरूमध्ये हक्काइडो पनि एक हो । सुरुमा भूकम्पको म्याग्निच्युड ६.१ अनुमान गरिएको भए तापनि पछि विभागले यसलाई संशोधन गर्दै ६.२ पुर्‍याएको थियो ।

तपाईको प्रतिक्रिया