Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – जापानको राजधानी टोकियोस्थित एक प्रसिद्ध मनोरञ्जन पार्कमा मंगलबार उपकरण निरीक्षणका क्रममा एक महिला कर्मचारीको दुखद मृत्यु भएको छ । ‘टोकियो डोम सिटी एट्र्याक्सन्स’ मा भएको यस दुर्घटनामा मेसिनको बीचमा झण्डै पाँच घण्टासम्म फसेकी २४ वर्षीया युवतीको ज्यान गएको हो ।

प्रहरीका अनुसार मृतक युवती टोकियो डोम कर्पोरेसनकी कर्मचारी हिना कामिमुरा हुन् । बुनक्यो वार्डमा रहेको सो पार्कको ‘फ्लाइङ बलुन’ नामक खेल उपकरणमा बिहान ११:५० बजेतिर निरीक्षण गर्ने क्रममा उनी दुर्घटनामा परेकी थिइन् ।

कसरी भयो दुर्घटना ?
‘फ्लाइङ बलुन’ उपकरणमा गोलो घेरामा १२ वटा सिटहरू हुन्छन्, जुन बीचको पिल्लरको वरिपरि घुम्दै १० मिटर उचाइसम्म पुग्ने गर्दछ । कामिमुरा पिल्लर नजिकै सिढी (भर्‍याङ) मा चढेर काम गरिरहेकी थिइन् । सोही समयमा माथिबाट तल ओर्लिँदै गरेको सिट र पिल्लरको साँघुरो भागमा उनी नराम्ररी थिचिन पुगेकी थिइन् ।

दुर्घटनालगत्तै उद्धार टोली बोलाइए पनि उनलाई निकाल्न निकै कठिन भएको थियो । झण्डै पाँच घण्टाको प्रयासपछि साँझ ५ बजेतिर उनलाई मेसिनबाट निकालेर अस्पताल पुर्‍याइएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे । घटनालगत्तै व्यवस्थापनले सो दिनका लागि पार्क पूर्ण रूपमा बन्द गरेको थियो ।

तपाईको प्रतिक्रिया