Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सवारी चालक अनुमतिपत्र वितरणलाई छिटो र प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ व्यवस्था लागू गरिएको बताएका छन्। काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै उनले ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छापेर दिने प्रणाली सुरु भएको जानकारी दिए।

लामो समयसम्म लाइसेन्स नपाउने समस्या अब अन्त्य हुने उनले बताए। बाँकी रहेका सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको पनि उनले स्पष्ट पारे। मन्त्री तिमिल्सिनाले केन्द्रमा रहेका उपकरण पूर्ण रूपमा प्रयोग गर्न निर्देशन दिँदै विगतमा काम ढिलाइ हुनुमा इच्छाशक्ति अभाव रहेको बताए। नागरिकको डाटा सुरक्षालाई प्राथमिकता दिँदै सेवा सुधारमा जोड दिनुपर्ने उनले उल्लेख गरे।

हाल दैनिक करिब ४० हजार लाइसेन्स छपाइ भइरहेको छ। भविष्यमा यही केन्द्रबाट राहदानी, स्मार्टकार्डलगायत महत्वपूर्ण कागजात पनि छाप्ने योजना अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया