काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वसभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्। सोमबार भएको भेटमा उनीहरूबीच नेपालको संसदीय अभ्यास र विगतका अनुभव आदान–प्रदानका विषयमा छलफल भएको हो।
भेटका क्रममा संघीय संसद्को कामलाई अझ प्रभावकारी बनाउने उपाय, विधायन प्रक्रिया सुधार गर्ने विषय तथा संसद् सञ्चालनलाई सुदृढ बनाउने पक्षमा पनि विचार–विमर्श भएको जनाइएको छ।
भेटलाई संसदीय अभ्यासलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण मानिएको छ।








