काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेले चार स्थानमा घर तथा अपार्टमेन्ट रहेको जानकारी दिएका छन्।
विवरण अनुसार काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना, भैसेपाटीमा ४ आना लगायत धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिका समेत जग्गा रहेको छ।
त्यस्तै, उनीसँग ४५ तोला सुन छ । यो पारिवारिक तथा रोजगारीबाट आर्जन गरेको विवरण छ । विभिन्न कम्पनीमा गरी उनीसँग १ करोड ९० लाख रुपैयाँ रहेको छ। उनीसँग सांग्रीला डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको गरी झण्डै १ लाख कित्ता प्रोमेटर सेयर र अन्य चार करोड ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख छ।
त्यस्तै, ९४ लाख रुपैयाँ पर्ने सुवानु एसभी समेत रहेको देखिन्छ।








