Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ। चिकित्सक टोलीले तय गरेको समयअनुसार उनलाई अपरेसनका लागि तयारीसहित अस्पतालको शल्यक्रिया कक्षमा लगिएको छ।

डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा हुने शल्यक्रियामार्फत उनको पित्तथैलीमा रहेको करिब २२ एमएमको पत्थरी निकालिनेछ। स्वास्थ्य अवस्था सुधारका लागि यो प्रक्रिया आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्।

यसअघि उनी पक्राउ परेपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। ओलीमाथि जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको थियो। पछि सर्वोच्च अदालतको आदेशअनुसार उनलाई शर्तसहित रिहा गरिए पनि स्वास्थ्य समस्याका कारण अस्पतालमै उपचार भइरहेको थियो। अहिले पनि उनी चिकित्सकीय निगरानीमै छन् र शल्यक्रियापछि थप उपचार जारी रहने जनाइएको छ।

तपाईको प्रतिक्रिया