समाचार सुन्नुहोस :
काठमाडौँ – पोखराको सभागृह चोकमा बिहीबार साँझ एक महिलामाथि चक्कु प्रहार भएको छ। घटनामा मालेपाटन निवासी ४२ वर्षीया सिर्जना पौडेल केसी गम्भीर घाइते भएकी छन्।
घाइते केसीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। आक्रमणपछि संलग्न व्यक्ति घटनास्थलबाट फरार भएका छन्।
कास्की प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी तीव्र रूपमा अघि बढाएको जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।








