Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजू राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पक्राउ गर्ने अनुमति दिएको हो।

हाल देउवा दम्पती विदेशमा रहेका छन्। देउवा यसअघि सिंगापुर गएका थिए भने आरजू भारत गएकी थिइन्। त्यसपछि उनीहरू नेपाल फर्केका छैनन् र प्रतिनिधिसभा निर्वाचनका बेला पनि विदेशमै थिए। सरकारले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेपछि सोही आधारमा पहिलो चरणमै देउवा दम्पतीमाथि अनुसन्धान अघि बढाइएको हो। विभागले यससँगै अन्य केही पूर्वमन्त्री र व्यवसायीमाथि पनि छानबिन जारी राखेको जनाएको छ।

देउवा दम्पती गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा आफ्नै निवासमा पिटिएको थियो । सो क्रममा उनको निवास बूढानीलकण्ठबाट थुप्रै रुपैयाँ जलेको भिडियो सार्वजनिक भएको थियो । साथै जल्दै गरेका रुपैयाँ सर्वसाधारणले लगेका भिडियोसमेत सार्वजनिक भएका थिए ।

 

तपाईको प्रतिक्रिया