Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। आज क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा मंसिर १ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि सम्पूर्ण व्यवस्था मिलिसकेको जानकारी दिइयो।

यसपटक एनपीएल पहिलोपटक फ्लडलाइटमा (डे–नाइट) आयोजना हुँदैछ। पहिलो संस्करण सफल भएको र दोस्रो संस्करणलाई अझ आकर्षक बनाउन डे–नाइट खेल राखिएको क्यानका सचिव पारस खड्काले बताए। क्यानले एनपीएल सिजन–२ बाट करिब ४० करोड रुपैयाँभन्दा बढी संकलन हुने अनुमान गरेको छ। क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार केवल प्रायोजनमै १५ देखि ३० करोड उठ्ने अपेक्षा छ। त्यसैगरी टिम ओनरबाट ९ करोड प्राप्त हुने र यसपटक डिजिटल प्लाटफर्म (ओटीटी) सेवा शुरु गरिएको उनले बताए।

उनका अनुसार डिसहोमको ‘डिसहोम गो’ ले ५ करोड ३० लाखमा प्रसारण अधिकार हासिल गरेको छ। विश्वभरबाट उठ्ने आम्दानीमा ७१ प्रतिशत क्यानको र २९ प्रतिशत डिसहोमको हुने व्यवस्था छ। लिनियर टिभीको प्रसारण अधिकार पनि टुंगो लागेको छ। जसको न्यूनतम मूल्य एक करोड रुपैयाँ तोकिएको छ। टिकट बिक्रीबाट मात्रै ८ देखि १२ करोडसम्म उठ्ने अपेक्षा क्यानले गरेको छ।

एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन्। सबै टोलीले विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन्। केही खेलाडी नेपाल आइसकेका छन् भने केही आउँदै छन्। मंसिर १ गते अपराह्न ४ बजे उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ।

 

तपाईको प्रतिक्रिया