समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका छन्।
शनिबार आयोजित चियापान कार्यक्रममा सहभागी हुन उनी च्यासल पुगेका हुन्। कार्यक्रममा अध्यक्ष ओलीसहित पार्टीका पदाधिकारी र कार्यकर्ताहरू उपस्थित थिए।
यसअघि भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले एमाले केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड गरेका थिए।








