समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले झण्डै एक दर्जन देशमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूतलाई आगामी कात्तिक २० भित्र नेपाल फर्किन निर्देशन दिएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार फिर्ता बोलाइने राजदूतहरूमा चीनका कृष्णप्रसाद ओली, जर्मनीका शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा. दुर्गाबहादुर सुवेदी छन्।
सरकारका अनुसार यी सबै राजदूतहरू अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका हुन्। अघिल्लो सरकारले राजनीतिक भागबन्डाका आधारमा नियुक्ति गरेको भन्दै हालको सरकारले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।








