Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा आज बिहान अमेरिकाबाट काठमाडौं आइपुगेका छन्। उनीहरू कतार एयरवेजको विमानबाट केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।हमासको कब्जामा रहेका विपिनको अवस्था थाहा पाउन र उनको सकुशल रिहाइका लागि आमा र बहिनी सुरुमा इजरायल पुगेका थिए। त्यसपछि उनीहरू अन्तर्राष्ट्रिय समर्थन जुटाउन अमेरिका गएका थिए।

तर उनीहरू अमेरिकामै रहँदा हमासले विपिनको युद्धमा मृत्यु भएको भन्दै इजरायललाई शव हस्तान्तरण गरेको थियो। हाल विपिनको शव नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ। विपिनकी आमा र बहिनीको इजरायल, अमेरिका र नेपालबीचको सम्पूर्ण यात्रा व्यवस्थापन इजरायल सरकारले गरेको हो।

विपिन दुई वर्षअघि इजरायलको लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत गाजा नजिकको किबुत्ज सहरमा पुगेका थिए। सो क्रममा हमासको आक्रमणमा परेका १७ नेपाली विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको थियो, भने विपिनलाई हमासले बन्धक बनाएको थियो।

 

 

तपाईको प्रतिक्रिया