Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनको बेला विभिन्न जेलबाट भागेका १२२ जना फरार कैदीबन्दीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र मातहतका टोलीले संयुक्त रूपमा ती फरार कैदीलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये ३५ जना चोरी, १७ जना जबरजस्ती करणी, १२ जना ज्यान मार्ने उद्योग, ३० जना लागुऔषध, तीन–तीन जना कर्तव्य ज्यान, बैंकिङ कसुर र संगठित अपराध, तीन जना डाँकाचोरी, तीन जना सवारी ज्यान, छ जना ज्यानसम्बन्धी र एक जना मानव बेचबिखन आरोपमा रहेका छन्। बाँकी तीन जना अन्य मुद्दाका हुन्। प्रहरीका अनुसार पक्राउ परेकामध्ये ११२ पुरुष र १० महिला छन्।

प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले प्रदर्शनको मौका छोपेर भागेका कैदीबन्दीको खोजी कार्य निरन्तर जारी रहेको बताए। उनले समाजमा फरार कैदी वा अपरिचित व्यक्तिहरू देखिएमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन १०० मा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरे।

 

 

तपाईको प्रतिक्रिया