समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहुन्जेल एमालेसँग एकता सम्भव नभएको बताएका छन्।
धादिङको बेनिघाट रोराङमा आयोजित युवा तथा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।’
संयोजक प्रचण्डले बामपन्थी एकता नै देशको विकल्प भएको बताउँदै तिहारपछि समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।








