Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रहरीले तिहारलाई शान्ति, सद्भाव र सुरक्षित वातावरणमा मनाउन सबैलाई अनुरोध गरेको छ। प्रहरीले आफ्नो घर वा समुदायमा कुनै पनि अवाञ्छित गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न पनि आग्रह गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आज जारी गरेको सूचनामा भनिएको छ, “चाडपर्वलाई अपराधमुक्त र उल्लासमय बनाउन कुनै पनि शंकास्पद वा अवाञ्छित गतिविधि देखिएमा तुरुन्त प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गर्नुहोस्।”

परिसरले चिनजान भएको स्थानमा मर्यादित र सभ्य ढंगले देउसी–भैलो खेल्न र टोलमा तास वा जुवा खेल्ने व्यक्तिबारे समयमै जानकारी दिन आग्रह गरेको छ। प्रहरीका अनुसार, पटाका वा झिरझिरे पड्काउने कार्य मुलुकी अपराध संहिता २०७४ अनुसार तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवानायोग्य अपराध हो। त्यसैले यस्ता कार्य नगर्न सबैलाई सचेत गराइएको छ।

त्यस्तै, मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान वा धूम्रपान नगर्न अनुरोध गरिएको छ। प्रहरीले नगद र गरगहना सुरक्षित लकरमा राख्न, सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न, र लागुऔषध वा नशालु पदार्थको सेवन वा कारोबार गर्नेबारे जानकारी दिन आग्रह गरेको छ। यात्रा सुरक्षित बनाउन छतमा चढेर नजान, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, नचिनेको व्यक्तिले ढोका ढक्ढकाएमा नखोल्न, र घर–टोलमा आपत्कालीन साइरन वा सिसीटिभी जडान गर्न पनि सुझाव दिएको छ।

धम्कीपूर्ण फोन आएमा रेकर्ड गर्न सकिएसम्म रेकर्ड गरी प्रहरीलाई जानकारी दिन र लामो समयका लागि घर बाहिर जाने भए नजिकको प्रहरी वा विश्वासिलो छिमेकीलाई जानकारी दिन पनि अनुरोध गरिएको छ। त्यस्तै, तिहार वा छठपर्व मनाउन गाउँ जाँदै गरेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न समेत प्रहरीले सचेत गराएको छ।

 

 

तपाईको प्रतिक्रिया