Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भदौ महिनामा नेपालीहरूले विदेशबाट १ खर्ब ७४ अर्ब रुपैयाँ नेपाल पठाएका छन्। राष्ट्र बैंकका अनुसार यो रकम अघिल्लो वर्षको सोही महिनाको तुलनामा करिब ४४ अर्बले बढी हो।

अघिल्लो वर्ष भदौमा १ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ विप्रेषण आएको थियो। यससँगै चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेर ३ खर्ब ५२ अर्ब ८ करोड पुगेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा हेर्दा विप्रेषण २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ। गत वर्ष यो वृद्धिदर १४.२ प्रतिशत मात्र थियो।

त्यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर (Remittance Transfer) ३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब ८७ अर्ब ७६ करोड थियो। यो दुई महिनाभित्र वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ९० हजार १९८ पुगेको छ, भने पुनः श्रम स्वीकृति लिने संख्या ४५ हजार ८८४ रहेको छ। अघिल्लो वर्ष यो क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ थियो।

 

 

तपाईको प्रतिक्रिया