Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा मुछिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध मुद्दा दर्ता गरेको छ । प्रहरी हिरासतमा रहेका महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजायको मागदाबी गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेले महराविरुद्ध मुद्दा दर्ता भएको पुष्टि गरेका छन् । यो प्रकरणमा महराका छोरा राहुल महरा यसअघि नै पक्राउ परी कारागार चलान भइसकेका छन् । आइतबार पक्राउ परेका महरालाई प्रहरीले थप अनुसन्धानका लागि हिरासतमा लिएको थियो ।

यो प्रकरण २०७९ पुस १० गते फ्लाई दुबईबाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुईवटा सुटकेसबाट सुरु भएको थियो । ती सुटकेसभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेपमा लुकाएर सुन ल्याइएको थियो । अनुसन्धानका क्रममा उक्त सुनको मूल्य ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबर रहेको खुलेको थियो ।

यस प्रकरणको अनुसन्धान गर्दै जाँदा चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको पत्ता लागेको थियो । यसले उनीहरूको संलग्नतामाथि गम्भीर प्रश्न खडा गरेको छ । महरा यसअघि पनि पटकपटक अनुसन्धानको दायरामा तानिएका थिए तर पक्राउ पर्ने र छुट्ने क्रम चलिरहेको थियो । यसपटक भने उनीविरुद्ध औपचारिक रूपमा मुद्दा दर्ता भएको छ ।

तपाईको प्रतिक्रिया