Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले सबै राजनीतिक दलहरूलाई आसन्न निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन्। उनले युवा पुस्ताको योगदानको सम्मान गर्दै मन्त्रिपरिषद्मा जेनजीको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग पनि राखे। शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतलनिवासमा भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ढुंगानाले यस्तो बताएका हुन्।

उनले भने, “निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो, सबै दलहरू आउनुहोस्। जनताले जसलाई चाहन्छन्, त्यही विजयी होस्, स्वच्छ प्रतिस्पर्धा आवश्यक छ।” छलफलका क्रममा ढुंगानाले पुराना दलहरू सहभागी नभए निर्वाचनमा समस्या आउन सक्ने विषय पनि उठाएको बताए। उनले थपे, “सडकमा बगेको युवाको रगत क्याबिनेटसम्म पुग्नैपर्छ। प्रधानमन्त्री र मन्त्रीहरूले ‘हुन्छ’ भनेर जवाफ दिनुभएको छ।”

राष्ट्रपति पौडेलको आह्वानमा भएको यो सरकार र जेनजीबीचको पहिलो औपचारिक वार्ता थियो। तर छलफलकै बीचमा राष्ट्रपति पौडेल अस्वस्थ भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। अस्पतालले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

राष्ट्रपतिको स्वास्थ्य समस्या देखिएपछि औपचारिक वार्ता सोमबार दिउँसो ३ बजेका लागि सारिएको छ। यद्यपि, राष्ट्रपति अस्पताल जानुअघि प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूले जेनजी प्रतिनिधिहरूसँग करिब एक घण्टा अनौपचारिक छलफल गरेका थिए।

तपाईको प्रतिक्रिया