समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल केन्द्रीय कार्यसमिति विघटन गर्न आग्रह गरेका छन्। उनले देउवालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिएका छन्।
शनिबार सानेपास्थित पार्टी मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले मङ्सिरमा नियमित महाधिवेशन गर्नुपर्ने बताए। त्यसका लागि देउवाले कसैलाई कार्यवाहक सभापतिको जिम्मा दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने उनले सुझाव दिए।
कोइरालाले भने, ‘विशेष महाधिवेशन होइन, नियमित महाधिवेशन गर्नुपर्छ। मैले देउवाजीलाई भनेँ— यो मेरो व्यक्तिगत विचार हो। तपाईंले केन्द्रीय समिति विघटन गर्नुस्, कार्यवाहक सभापति तोक्नुस्। त्यसपछि उनले नयाँ समिति गठन गरी महाधिवेशनको मिति तय गर्छन्। मेरो अनुमानमा मङ्सिरसम्म मिति तय हुनेछ।’
उनका अनुसार अब बन्ने कार्यवाहक सभापतिले नै पार्टीको आगामी महाधिवेशनको मिति निर्धारण गर्ने जिम्मेवारी लिने छन्।








