Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसरकारको नेतृत्वमा रहेको अहंकारकै कारण देशले ठूलो राजनीतिक संकट भोग्नुपरेको बताएका छन्। शुक्रबार ललितपुरमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले भने, “हिजो सरकारको नेतृत्व गर्ने पार्टीका नेताहरूमा अहंकार अझै गएको छैन, यो देख्दा मलाई दुःख लागेको छ।”

उनका अनुसार जनताको भावना र देशको आवश्यकता भन्दा नेताहरूको व्यक्तिगत अहंकारलाई प्राथमिकता दिँदा संकट उत्पन्न भएको हो। बिहीबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट वर्तमान सरकारलाई चेतावनी दिँदै संसद् पुनर्स्थापना हुनुपर्ने र चुनावको विपक्षमा रहेको धारणा सार्वजनिक गरेका थिए।

त्यही अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले जेनजी आन्दोलनअघि सरकारको नेतृत्व सम्हालेका ओली र उनको पार्टीमा अहंकार अझै बाँकी रहेको टिप्पणी गरेका हुन्।

 
 

तपाईको प्रतिक्रिया