समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा सुरु भएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक व्यवस्थापनका विषय, जेनजी आन्दोलनपछि पार्टीको अवस्था, र आसन्न केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल भइरहेको पार्टीले जनाएको छ।
त्यसैगरी, अध्यक्ष ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवास कमिटीका अध्यक्षहरूसँग गरेको भर्चुअल बैठकका निष्कर्षबारे जानकारी दिनेछन्। साथै, वर्तमान सरकारले लिन सक्ने सम्भावित कदम र आगामी निर्वाचनको सम्भावनाबारे पनि छलफल हुने बताइएको छ।
अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको दाबी गर्दै, उक्त सरकारले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापनाका लागि पार्टीले पहल गर्ने बताएका छन्।








