समाचार सुन्नुहोस :
काठमाडौँ – प्रहरीले काठमाडौंको माइतीघर मण्डलामा भेला भएका जेनजी कार्यकर्तालाई छानीछानी पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डा. निकोलस भुसाल र सञ्जीव दाहालसहित १६ जना रहेका छन्। उनीहरूलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको प्रहरीले जनाएको छ।
भुसाल नेतृत्वको समूहले माइतीघर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन र कोषसभा गर्ने तयारी गरेको थियो। तर प्रहरीले उक्त कार्यक्रम अघि नै अवरोध गरी सहभागीहरूलाई नियन्त्रणमा लिएको हो।








