समाचार सुन्नुहोस :
काठमाडौँ – जेनजी आन्दोलनका क्रममा भएको भौतिक र अन्य क्षतिको बीमा दाबी रकम करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा जम्मा ३ हजार ९९ वटा दाबी परेको छ। ती सबै दाबीहरूको कुल रकम करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ। ती दाबीमध्ये बुधबारसम्म करिब १ अर्ब २९ करोड १९ लाख रुपैयाँ अग्रिम भुक्तानीका रूपमा वितरण भइसकेको छ।
त्यसैगरी, बीमा कम्पनीहरूले क्षतिको मूल्यांकनका लागि बुधबारसम्म २ हजार ७०६ जना सर्भेयर खटाएका छन्। तीमध्ये ३७४ सर्भेयरले आफ्नो प्रतिवेदन बुझाइसकेका छन्।








